एकै परिवारका दाजु, भाइ र बहिनीबीच चुनावी प्रतिस्पर्धा
काठमाडाैं | बैशाख २०, २०७९
नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ ।
वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ ।
आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् ।
गाेरखापत्रबाट साभार
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्...
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ । बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...
काठमाडौं: नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

